२ श्रावण २०८२, शुक्रबार
Follow Us

सावित्राले वेलिङटन फोनिक्सबाट अस्ट्रेलियाको निन्जा ए लिग खेल्ने

नेपालब्रिटेन संवाददाता
२ श्रावण २०८२, शुक्रबार ०४:१९

काठमाडौं । नेपाली महिला फुटबल टोलीकी स्ट्राइकर साबित्रा भण्डारी साम्बा न्युजिल्याण्डको वेलिङटन फोनिक्स क्लबमा आबद्ध भएकी छिन ।

साम्बा सिजन २०२५/२६ का लागि क्लबमा आबद्ध भएकी हुन् । फोनिक्समा आबद्ध भएपछि साम्बाले उत्साहित भएको बताएकी छन् । साथै धेरै गोल गर्न प्रयास गर्ने र समर्थकलाई खुसी दिने उनको भनाइ छ । वेलिङटन फोनिक्स न्युजिल्यान्डको क्लब भए पनि उसले अस्ट्रेलियन क्लबहरूको बाहुल्यता भएको ए लिग वुमन लिग खेल्ने गर्दछ ।

वेलिङटन अघिल्लो सिजन लिगमा नवौं भएको थियो । उसले लिगका २३ खेलमा ७ खेल मात्र जितेको थियो । साम्बाले गत दुई सिजन भने फ्रान्सको शीर्ष डिभिजनको लिग खेलेकी थिइन । युरोपको शीर्ष पाँच लिगमा खेल्ने उनी पहिलो नेपाली फुटबल खेलाडी हुन् ।

त्यसअघि उनले इसराइलको शीर्ष डिभिजनको क्लब हापोइल रानानामा आबद्ध भएर लिग खेलेकी थिइन । उनले गोकुलम केरलाबाट भारतीय महिला लिगमा पनि प्रतिस्पर्धा गरिसकेकी छिन । साम्बा गत महिना नेपाली महिला टोलीको कप्तान समेत बनेकी थिइन् ।

धेरै पढिएको