११ श्रावण २०८२, आईतवार
Follow Us

काँग्रेस महाधिवेशन २०८३ को दसैँको सेरोफेरोमा हुन्छ: कृष्णप्रसाद सिटौला

नेपालब्रिटेन संवाददाता
११ श्रावण २०८२, आईतवार १३:४८

काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले पार्टीको महाधिवेशन २०८३ को दशैंको सेरोफेरोमा आयोजना हुने बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता सिटौलाले क्रियाशील सदस्यताकै समय कायम रहेकाले २०८३ दशैंअघि महाधिवेशन नहुने बताए ।

उनले २०८३ मंसिरभन्दा उता लैजाने अवस्था नरहे पनि काँग्रेस महाधिवेशन कहिल्यै पनि समयमा अर्थात् ४ वर्षमा नभएको बताए । उनले सरकारले सन्तोषजनक काम नगरे पनि तत्काल अर्को सरकार वा गठबन्धन बन्ने सम्भावना नरहेको प्रष्ट पारे ।

उनले संविधान बमोजिम नै राष्ट्रपतिले संवैधानिक परिषद् सम्बन्धी विधेयकलाई सुझावसहित प्रतिनिधि सभामा पठाएको बताए ।

धेरै पढिएको