काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने तयारी गरेका छन । यही साउन १५ गते बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारी गरेका हुन ।
सोमबार नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रदेश सभा बैठकमा संसदीय दलका नेता मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्नका लागि सर्वसम्मत निर्णय गरिएको छ । नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले विश्वास मत लिनुपर्ने भएको छ ।