लण्डन। नेपाल पत्रकार महासंघ यूके शाखामा लामो समयदेखि चल्दै आएको आन्तरिक विवाद समाधान गर्न नेपाल पत्रकार महासंघ (केन्द्र) ले एक उच्चस्तरीय समिति गठन गरेको छ।
महासंघकी अध्यक्ष निर्मला शर्माले जारी गरेको औपचारिक पत्रमार्फत यूके शाखामा देखिएको विवादप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको र त्यसलाई मिलाउने उद्देश्यले समिति गठन गरिएको उल्लेख छ।
समितिको संयोजकमा यूकेका वरिष्ठ पत्रकार भगिरथ योगीलाई नियुक्त गरिएको छ। समितिमा पूर्व अध्यक्षहरू नविन पोखरेल, चिरन शर्मा, नरेश खपाङ्गी मगर, ध्रुव अर्याल र विमला सेने सदस्यको रूपमा रहेका छन्।
शाखामा सदस्यता, पाँचौं महाधिवेशनको निर्वाचन प्रक्रिया, तत्कालीन अध्यक्ष ध्रुव अर्याल र प्रेस युनियन यूके अध्यक्ष विपिन निरौलाबीच भएको सहमति, भिजिट भिसा प्रकरण लगायतका विषयमा उत्पन्न मतभेद छन्।
समितिले आपसी सहमतिका आधारमा विवादको स्थायी समाधानको प्रयास गर्ने, नेपाल पत्रकार महासंघ यूके शाखाले प्रक्रियालाई सहयोग पुर्याउने, र संयोजन समितिको मार्गनिर्देशनअनुसार केन्द्रीय कार्यलयमा निर्णय पठाउने व्यवस्था मिलाइएको छ।
संयोजक भगिरथ योगीले छिट्टै सबै सरोकारवाला पक्षहरूसँग छलफल गरेर समाधानको मार्गतर्फ अघि बढ्ने जानकारी दिएका छन्।
Ask ChatGPT