१५ श्रावण २०८२, बिहीबार
Follow Us

बागमतीमा मन्त्रीपरिषद बिस्तारः तीन जना मन्त्री नियुक्त, आजै सपथ हुने

नेपालब्रिटेन संवाददाता
१४ श्रावण २०८२, बुधबार ०५:०२

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । नेपाली कांग्रेसका पाँच जना मन्त्रीहरुले राजिनामा दिएको ५ वटा मन्त्रालयमध्ये ३ मन्त्रालयमा मन्त्री नियुक्त गरिएको मुख्यमन्त्री लामाले जानकारी दिए ।

मन्त्री नियुक्त हुनेहरुमा गोबिन्द लम्साललाई आन्तरिक मामिला मन्त्रालय दिएको छ भने सांसद माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेको तर मन्त्रालय भने तोकिएको छैन । नियुक्त गरिएका मन्त्रीहरुको आजै सपथग्रहण गर्ने गरी तयारी गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

धेरै पढिएको