२० श्रावण २०८२, मंगलवार
Follow Us

सेयर कारोबार गर्न अब राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने

नेपालब्रिटेन संवाददाता
१७ श्रावण २०८२, शनिबार १४:५१

काठमाडौँ । अबदेखि ब्रोकर कम्पनीमा टीएमएस खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले आफ्ना सम्पूर्ण कारोबार सदस्य (ब्रोकर) हरूलाई एक सूचना जारी गर्दै यो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

नयाँ कारोबार खाता खोल्ने नेपाली नागरिकले अनिवार्य रूपमा आफ्नो राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बुझाउनुपर्ने नेप्सेको सूचनामा उल्लेख गरेको छ ।

परिपत्रमा सम्पूर्ण ब्रोकर कम्पनीहरूलाई आफ्नो ग्राहक पहिचान व्यवस्थापन प्रणाली र कारोबार व्यवस्थापन प्रणाली (टीएमएस)मा राष्ट्रिय परिचयपत्र नम्बरलाई अनिवार्य प्रविष्टिको रूपमा व्यवस्था गर्न भनिएको छ ।

धेरै पढिएको