२६ श्रावण २०८२, सोमबार
Follow Us

विपिन जोशीको खोजीमा आमा र बहिनी आज इजरायल जाँदै

नेपालब्रिटेन संवाददाता
२६ श्रावण २०८२, सोमबार ०५:३८

काठमाडौँ। हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको खोजीमा आमा पद्मा र बहिनी पुष्पा जोशी आज इजरायल जाँदैछन् ।

फ्लाइ दुबईमार्फत उनीहरू बिहान ९ बजे त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । विपिनको रिहाइका लागि इजरायलमा अन्तर्राष्ट्रिय दबाब बढाउन विपिनकी आमा पद्मा र बहिनी पुष्पा त्यहाँ जान लागेका हुन् ।

इजरायल सरकारले विपिनको रिहाइका लागि अभियानलाई सशक्त बनाउने उद्देश्यका साथ उनीहरूलाई त्यहाँ लैजान लागेको हो।

कृषिका विद्यार्थी विपिन जोशी ‘सिक्दै कमाउँदै’ कार्यक्रमका लागि इजरायल गएका थिए । हमालसले इजरायलमा आक्रमण गरेपछि उनी २०८० असोज २० गतेदेखि सम्पर्कमा छैनन् । उनलाई हमासले बन्धक बनाएको भनिएको छ । उनीसँगै रहेका साथीहरुले पनि हमासले लिएर गएको बयान दिएका थिए । सोही घटनामा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

धेरै पढिएको