२९ श्रावण २०८२, बिहीबार
Follow Us

माओवादी नेता गगनसहित ९ जना भ्रष्टाचारी ठहर

नेपालब्रिटेन संवाददाता
२८ श्रावण २०८२, बुधबार १४:५९

काठमाडौं । विशेष अदालतले झापाको सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याएर भ्रष्टाचार गरेको आरोपमा नेकपा माओवादी केन्द्रका नेता रेवतराज पुरी भनिने गगन पुरी सहित ९ जनालाई भ्रष्टाचारी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले यस्तो ठहर गरेको हो । अरू आरोपितहरूको जग्गा जफत हुने ठहर भएको छ ।

झापाको दमक नगरपालिका–१३ र १४ मा पर्ने रतुवा र दिपिनी खोला दोभानको उत्तरतर्फका सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा नापी र मालपोतका कर्मचारी, जग्गाधनी र बिचौलियालाई मुद्दा दायर गरेको थियो । यसअघि विशेष अदालतले पुरीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको थियो ।

धेरै पढिएको