२९ श्रावण २०८२, बिहीबार
Follow Us

चक्रे आज नछुट्ने, ज्यान मार्ने उद्योगको मुद्दाका लागि भक्तपुर लगिने

नेपालब्रिटेन संवाददाता
२८ श्रावण २०८२, बुधबार १५:००

काठमाडौं । अभद्र व्यवहारको कसुरमा धरौटी माग भए पनि गुण्डा नाइके भनेर चिनिएका मिलन गुरुङ उर्फ चक्रे मिलन नछुट्ने भएका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुसालको बुधबारको इजलासले चक्रेलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

अदालतको आदेशपछि उनी तोकिएको धरौटी बुझाउने प्रक्रियामा रहेका छन । उनीसँगै धरौटी माग गरिएको अन्य प्रतिवादी धरौटी रकम बुझाएर आजै रिहा भए पनि चक्रे भने तत्काल रिहा नहुने भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुलदीप चन्दले चक्रे आजै छुट्ने अवस्था नरहेको जानकारी दिए । उनीविरुद्ध भक्तपुरमा ज्यान मार्ने उद्योगको कसुरको मुद्दा भएकाले भक्तपुर पठाइने बताए ।

उता जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज नेउपानेले पनि काठमाण्डूबाट छुटिकसेले ज्यान मार्ने उद्योगको मुद्दा भक्तपुरमा रहेकाले चक्रेलाई भक्तपुर ल्याइने जानकारी दिएका छन ।

जसकारण चक्रेसँगै पक्राउ परेका १८ जना तोकिएको धरौटी रकम तिरेर छुटे पनि चक्रे भने आजै छुट्ने सम्भावना रहेको देखिदैन । आफ्नो भतिजो मनिष रायमाझीलाई १० भदौ २०८१ मा सानोठिमीस्थित दिव्यश्जरीमा रहेको बड्डाको तावा रेष्टुरेन्टमा आक्रमण गरेको भन्दै उनका काका दिनेशकुमार रायमाझीले जाहेरी दिएका थिए ।

धेरै पढिएको