३० श्रावण २०८२, शुक्रबार
Follow Us

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुमाथि हुने अपमान बन्द गरौं’

नेपालब्रिटेन संवाददाता
३० श्रावण २०८२, शुक्रबार १२:५२

काठमाडौं । एमाले सांसद एकनाथ ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई अपमान गर्ने काम बन्द गर्न सरकारको ध्यानाकर्षण गराएका छन ।

आज (शुक्रबार) सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै एमाले सांसद ढकालले यस्तो बताएका हुन । उनले यात्रुहरू हरेकलाई ठग नै हो जस्तो गरी व्यवहार हुने गरेकोप्रति असन्तुष्टि समेत व्यक्त गरे । उनले यात्रुहरूमाथि दुर्व्यवहार गर्ने कार्य बन्द गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट पाउनुपर्ने सेवा यात्रुहरूले पाउन नसकेको पनि उनले बताएका छन । विमानस्थलमा यात्रुमाथि उनीहरूको आत्मसम्मानमा ठेस पुर्‍याउने काम भएको पनि उनले बताएका छन ।

विमानस्थलमा नागरिक उड्डयन प्राधिकरण प्रमुखको शासन चल्ने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद ढकालले विमानस्थल अस्तव्यस्त रूपमा सञ्चालन भइरहेको पनि उनले बताएका छन ।

धेरै पढिएको