काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री केपी ओलीको आलोचना गरेको आरोपमा सामाजिक अभियन्ता एवं माओवादी कार्यकर्ता मंगलसिह प्रजा पक्राउ परेका छन् ।
प्रजालाई प्रहरीको साइबर ब्युरोको टोलीले महनावपुरको मनहरी गाउँपालिका–३ का बासिन्दा प्रजालाई मंगलबार काठमाण्डूको शंखमुलबाट पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता एसपी अवस्थीले सामाजिक सञ्जालमा व्यक्ति तथा संस्था लक्षित गरी अमर्यादित अभिव्यक्ति दिएको अभियोगमा उनलाई पक्राउ गरिएको बताए ।
अनुसन्धानका क्रममा प्रजाले सामाजिक सञ्जालमार्फत घृणा तथा द्वेष फैलाई चरित्र हत्या गर्ने लगायत गतिविधि गरेको पाइएकाले पक्राउ गरी विद्युतीय कारोबार ऐन–२०६३ को कसुरमा कारबाही अघि बढाइएको अवस्थीले बताए ।
उनका अनुसार मंगलबारै जिल्ला अदालतबाट दुई दिन म्याद थप गरी अनुसन्धान थालिएको छ । प्रजाले प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारीको संरक्षण गरेको, बिचभौलियाको स्वार्थमा काम गरेको सरकार एकपछि अर्को भष्टाचारमा मुछिएको जस्ता विषयमा सञ्जालमा लेख्दै आएका थिए ।