काठमाडौं । गएको आर्थिक बर्ष ०८१–८२ रेमिट्यान्स आप्रवाह हालसम्मकै उच्च भएको छ । मासिक रूपमा पनि क्रमशस् उच्च आउने गरेको रेमिट्यान्स आप्रवाह वार्षिक पनि हालसम्मकै उच्च हो । आर्थिक वर्ष ०८१–८२ मा कुल १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ ।
यो रेमिट्यान्स आप्रवाह गत आवको तुलनामा १९.२ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा १४ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्षमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
०८२ असार महिनाको विप्रेषण आप्रवाह एक खर्ब १८९ अर्ब ११ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह एक खर्ब १७ अर्ब ७८ करोड रहेको थियो ।