९ भाद्र २०८२, सोमबार
Follow Us

तारकेश्वरको साङ्ला खोलामा खस्यो इभी माइक्रो बस

नेपालब्रिटेन संवाददाता
९ भाद्र २०८२, सोमबार ०५:३६

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका-७ मा आज बिहान इभी माइक्रो बस साङ्ला खोलामा खसेको छ । काठमाडौँ नुवाकोट सडक खण्डमा गुड्ने बागमती प्रदेश ०६ ००१ ज ०५६२ नम्बरको माइक्रो बस खोलामा खसेको हो ।

चार्जिङ स्टेसनबाट बसपार्क जाने क्रममा माइक्रो खाली भएको कारण कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । बस खस्ने कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

धेरै पढिएको