२९ भाद्र २०८२, आईतवार
Follow Us

बेलायतमा आप्रवासी विरोधी प्रदर्शनमा १ लाख भन्दा बढी मानिस सडकमा

नेपालब्रिटेन संवाददाता
२९ भाद्र २०८२, आईतवार ०६:२४

लन्डन । बेलायतको लण्डनमा एक लाखभन्दा बढी मानिसहरूले प्रदर्शन गरेका छन । उनीहरूले आप्रवासीलाई घर फर्काउन अभिव्यक्ति स्वतन्त्र सुनिश्चित गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । आप्रवासी विरोधी प्रदर्शनमा १ लाख ५ हजार भन्दा बढी मानिसहरू सहभागी भएको बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यसलाई लन्डनमा भएका ठूला ठूला प्रदर्शहरूमध्येको एउटा प्रदर्शन भनिएको छ । प्रदर्शनमा सहभागी हुन विभिन्न शहरबाट मानिसहरू लन्डन पुगेका हुन् । आप्रवासी विरोधी अभियानी टमी रबिन्सनले प्रदर्शनको आह्वान गरेका थिए ।

भिड नियन्त्रण क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ । प्रहरीमाथि बोतल, फ्लेयर, ढुंगा प्रहार भएको बताइएको छ । सो क्रममा २५ जना प्रदर्शनकारी पक्राउ परेका छन ।

आक्रमणबाट २६ जना प्रहरी घाइते भएको र तीमध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको समाचारमा उल्लेख छ ।

धेरै पढिएको