२९ भाद्र २०८२, आईतवार
Follow Us

सवारी लाइसेन्स छपाइ र वितरण अनिश्चितकालीन बन्द

नेपालब्रिटेन संवाददाता
२९ भाद्र २०८२, आईतवार १३:०७

काठमाडौं । यातायात विभाग तोडफोड भएपछि सवारी लाइसेन्स छपाइ र वितरण अनिश्चितकालीन बन्द भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण कार्य अनिश्चितकालका लागि बन्द भएको घोषणा गरेको हो ।

विभागले जारी गरेको सूचनामा भदौ २३ र २४ गते भएको विरोध प्रदर्शनको क्रममा विभागको संरचनामा भएको तोडफोड, आगजनी र चोरी र लुटपाटका कारण इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन र सर्भरमा क्षति पुगेको उल्लेख गर्दै यस कारण विद्युतीय सवारी साधन दर्ता प्रणालीसहित सूचना प्रविधिसम्बन्धी सम्पूर्ण सेवा अवरुद्ध भएको विभागले जनाएको हो ।

विभागका अनुसार अर्को सूचना नभएसम्म चालक अनुमतिपत्र छपाइ र वितरण लगायतका सबै सूचना प्रविधि आधारित सेवा बन्द रहनेछ ।

धेरै पढिएको