काठमाडौं। अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाको फाइनलमा नेपाली महिला टिम आज मलेसियासँग खेल्दै छ।
बुधबार मलेसियाको बायुमास ओभलमा हुने खेलमा नेपाली महिला टिम मलेसियासँग प्रतिस्पर्धा गर्न लागेका हुन्।
पाँच खेलको सिरिजमा २-२ को बराबरी खेलेका नेपाल र मलेसिया आज फाइनल प्रतिस्पर्धा गर्न लागेका हुन्।
पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो। तेस्रो खेलमा १३ रनको पराजय भोगेको नेपालले चौथो खेलमा ६ विकेटको सानदार जित निकालेको थियो।
नेपाल र मलेसियाको फाइनल भिडन्त आज बिहान ७ः४५ बजे सुरु हुनेछ