लण्डन । हालैको जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय कार्यालय पुनःनिर्माण विदेशमा रहेका नेपाली युवाहरूले गर्ने भएका छन्।
पार्टी कार्यालयको पुनःनिर्माणका लागि करिब १० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। सो लागत विदेशमा रहेका युवाहरूले स्वेच्छिक रूपमा जुटाउने घोषणा नेकपा (एमाले) का नेता महेश बस्नेतले गरेका हुन्।
उनका अनुसार, पार्टीले जलेकै भवनलाई पुनःनिर्माण गरी पुनः पार्टी कार्यालयको रूपमा सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न देशमा रहेका युवाहरूले फोनमार्फत “कार्यालय हामी बनाइदिन्छौं” भन्ने प्रतिबद्धता जनाएका हुन्।
नेता बस्नेतले विदेशमा रहेका युवाहरूको यस सहयोग र प्रतिबद्धतालाई “देशभक्ति र पार्टीप्रतिको समर्पणको प्रेरणादायी उदाहरण” भन्दै सबैप्रति आभार व्यक्त गरेका छन्।
सो पुनःनिर्माण कार्यको समन्वय प्रवासी नेपाली मञ्चले गर्ने तयारी भएको बताइएको छ।