२१ कार्तिक २०८२, शुक्रबार
Follow Us

फेरि बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

नेपालब्रिटेन संवाददाता
२१ कार्तिक २०८२, शुक्रबार ०६:०९

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा शुक्रबार वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर २ लाख ३८ हजार ४ सय रुपैयाँ पुगेको छ । यो अघिल्लो दिन बिहीबारको तुलनामा बढेको हो, जहाँ सुन तोलाको २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । बिहीबार तोलाको ३ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर ३ हजार २० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार, आज प्रति १० ग्राम सुनको मूल्य २ लाख ४ हजार ३९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ५८९ रुपैयाँमा कारोबार भइरहेको छ ।

धेरै पढिएको