१० मंसिर २०८२, बुधबार
Follow Us

बालुवाटारमा मिराज ढुंगानासहितको प्रदर्शन

नेपालब्रिटेन संवाददाता
१० मंसिर २०८२, बुधबार १३:२०

काठमाडौं । मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि प्रदर्शन गरेको छ । बुधबार ढुंगानासहितको समूहले बालुवाटारमा प्रदर्शन गरेको हो ।

प्रहरीले उनीहरूलाई रोक्न खोज्दा केहीबेर घम्साघम्सी समेत भएको छ । यसअघि ढुङ्गानाको समूहले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबार जाँदा भित्र पस्न नपाएपछि गेटमै मागपत्र टाँसेर फर्किएको थियो । गत भदौ २३ गतेको घटनाका दोषीलाई कारबाहीको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

धेरै पढिएको