२२ मंसिर २०८२, सोमबार
Follow Us

जनमत संग्रहमा जान प्रधानमन्त्रीसँग दुर्गा प्रसाईँको माग

नेपालब्रिटेन संवाददाता
२२ मंसिर २०८२, सोमबार १४:२३

काठमाडौं । राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् ।

भेटवार्तापछि पत्रकारसँग कुरा गर्दै उनले आफूले जनमत संग्रहको माग राखेको र २ पुससम्मको अल्टिमेटम दिएको बताए ।

उनले भने, ‘मैले राजसंस्था पुनर्स्थापना लगायतका विषयमा जनमत संग्रहमा जाउँ भने । प्रधानमन्त्रीले पुस २ गतेसम्म डिसिजन दिन्छु भन्नुभएको छ ।’

माग पूरा भएन भने चुनाव हुनै नसक्ने प्रसाईँले ठोकुवा गरेका छन् । उनले भने, ‘माग पूरा भएन भने जनविद्रोह हुन्छ, चुनाव हुँदैन भनेर भनिदिएको छु ।’

धेरै पढिएको