२ पुष २०८२, बुधबार
Follow Us

शिखर इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश

नेपालब्रिटेन संवाददाता
२ पुष २०८२, बुधबार ०६:३५

काठमाडौँ । शिखर इन्स्योरेन्सले सेयर धनीका लागि लाभांश घोषणा गरेको छ ।

पुस १ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सो दरमा लाभांश वितरण गरिने इन्स्योरेन्सले जनाएको छ ।

धेरै पढिएको