८ पुष २०८२, मंगलवार
Follow Us

रास्वपाको समानुपातिकतर्फ १० प्रतिशत प्रवासीका निम्ति

नेपालब्रिटेन संवाददाता
८ पुष २०८२, मंगलवार १२:५७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उमेदवारमा १० प्रतिशत ‘कोटा’ प्रवासी नेपालीका निम्ति छुट्ट्याएको छ । उक्त कोटाअन्तर्गत विभिन्न मुलुकमा रहेका प्रवासीले उमेदवारी दिएका सहप्रवक्ता रमेश प्रसाईंले बताए ।

समानुपातिक उमेदवारमा १० प्रतिशत कोटा प्रवासी नेपालीका निम्ति छुट्ट्याएको नेपालमै यो पहिलो अभ्यास हो ।

सूचीअनुसार, कतारबाट अब्दुल करिम, भारतबाट सुभास पन्थी, अर्जुनप्रसाद भण्डारी र विनोद विष्ट, कुवेतबाट राजु कार्की, साउदी अरेबियाबाट भुपाल भण्डारी, जर्मनीबाट किशोर गन्धर्व, डेनमार्कबाट अनिश अधिकारी, नर्वेबाट होमनाथ अधिकारी, यूएईबाट प्रेमराज ढकाल, युकेबाट रमेश बेलबासे र अमेरिकाबाट दीपक सुनुवारले आवेदन दिएका छन् ।

पार्टीले आह्वान गरेको समानुपातिक प्रणालीतर्फको उमेदवार छनोटका निम्ति पुस १२ र १३ गते प्रारम्भिक निर्वाचन गरिने रास्वपाले जनाएको छ ।

रास्वपाले समानुपातिकतर्फ आन्तरिक उमेदवार छनोट प्रक्रियालाई अघि बढाउन केन्द्रीय उमेदवार छनोट समितिअन्तर्गत विभिन्न आठ उपसमिति गठन गरी काम थालिसकेको छ ।

धेरै पढिएको