काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नियमित महाधिवेशनको मिति वैशाख २८-३१ मा गर्ने प्रस्ताव बहुमतले पारित भए पनि विशेषको कुरा नटुंगिएको बताएका छन् ।
उनले विधानको धारा १७(२) अनुसार नै पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गर्ने बताएका हुन् ।
‘आजको बैठकमा कार्यवाहक सभापतिले कार्यविधि थप्दै महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव गर्नु भएको छ । धारा ४३ को प्रयोग गरेर प्रस्ताव राख्नु भयो। हामी ४-५ जनाको फरक मत भयो तर, बहुमतले पारित भयो,’ उनले भने, ‘विशेष महाधिवेशन माग गरेर पत्र बुझाएको ३ महिनाभित्र बोलाउन पर्नेछ । पुसको २८-२९ तीन महिनाको अन्तिम म्याद हो ।’