२८ बैशाख २०८१, शुक्रबार
Follow Us

सावित्री गुरुङको शोकसभा सम्पन्न

नेपालब्रिटेन डट कम्
२५ असार २०७४, आईतवार १६:२२

चितवन । नेपाली कांग्रेस चित्रवन नगरपालिका–११ ले शहिद लालध्वज गुरुङकी जेठी छोरीको निधन भएको १३ औं दिनको पुन्य तिथिमा शोकसभा आयोजना ग¥यो । गुरुङ निवास भरतपुर महानगरपालिका– १८ भुवनवस्तीमा आयोजित शोकसभामा नेपाली कांग्रेस चितवन सभापति जीतनारायण श्रेष्ठले शहिद परिवार सावित्री गुरुङको निधनले नेपाली कांग्रेसले एक योद्धा गुमाएको बताउनु भयो । कार्यक्रमम नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मी, कांग्रेस चितवनका पूर्वसभापति टेकप्रसाद गुरुङ, जिल्ला सचिव उत्तम जोशी, चित्रवन कांग्रेस सभापति शालिग्राम पौडेल, नेपाल महिला संघ चितवनकी अध्यक्ष पार्वती शाह, छोरी जानकी गुरुङलगायतले शोक मन्तव्य राख्नु भएको थियो ।
1
चित्रवन कांग्रस वडा–११ का राजककुमार तमाङको अध्यक्षतामा भएको सो कार्यक्रममा कांग्रेसका नेता चन्द्रध्वज गुरुङ स्व. सावित्री गुरुङको जीवनी प्रकाश पार्नुभयो । चन्द्रध्वज स्व. गुरुङको भाइ हुनुहुन्छ भने एनआरएन आईसीसी सदस्य जानकी गुरुङकी आमा हुन् ।
डेढ वर्षदेखि क्यान्सर रोगसँग संघर्षरत ६८ वर्षीय गुरुङको काठमाडौंमा गत असार १२ गते निधन भएको थियो । २०१४ साल पछाडी चितवन आउनु भएको हो ।
२०१८ सालमा भरतपुर कब्जाको नेतृत्व सम्हालेका शहिद लालध्वजको २०१८ साल चैतमा तनहुको कोत्रेमा तत्कालीन पञ्चायती सरकारले हत्या गरेको थियो । तनहँुको मनपाङमा समातिएका उनलाई काठमाडौं कारागार चलान गर्ने भन्दै पोखरा कारागारबाट स्थान्तरण गरी तनहुँको कोत्रेमा विभत्स हत्या गरिएको थियो । भूपू सैनिकको भेला गराई पञ्चायतविरुद्ध अभियानमा सरिक गराउन उनीहरु मनपाङ पुगेका थिए ।
2