काठमाडौं । नेपाल प्रेस युनियनले कांग्रेसभित्र एकता आवश्यक रहेको बताएको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालले आज एक विज्ञप्ती जारी गरी मुलुक र लोकतन्त्रको भविष्य हेरेर एकताको यात्रा तय गर्न नेपाली कांग्रेसका नेताहरूलाई आग्रह गरेका हुन् ।
अध्यक्ष लम्सालले लोकतान्त्रिक व्यवस्थामा दलहरू विभाजन हुँदा त्यसको मार सञ्चार क्षेत्रले खेप्नुपर्ने भन्दै विभाजन नभई एकताको बाटो रोज्न सबैलाई अनुरोध गरे ।
उनले संविधान र लोकतन्त्रको भविष्यका लागि नेपाली कांग्रेसजस्ता लोकतान्त्रिक दलहरूको एकता जरुरी रहेको उल्लेख गरे । ‘नेपाल प्रेस युनियन नेपाली कांग्रेसका सबै जिम्मेवार नेताहरूले लोकतन्त्र र मुलुकको भविष्यलाई केन्द्रमा राखेर विभाजन नभई एकताको यात्रा तय गर्न अनुरोध गर्दछ,’ अध्यक्ष लम्सालद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
नेपाल प्रेस युनियनले युनियनमा आवद्ध देशभरका पत्रकारलाई विचलित नभई एकताको पक्षमा अभिमत प्रकट गर्न अनुरोध समेत गरेको छ ।