२ माघ २०८२, शुक्रबार
Follow Us

पोखरा विमानस्थलमा अनियमितता : विशेष अदालतको आदेशविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

नेपालब्रिटेन संवाददाता
२ माघ २०८२, शुक्रबार १२:२८

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोग लागेका आरोपितहरूलाई विशेष अदालतले कम धरौटी र साधारण तारेखमा छाडेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ ।

अख्तियारले शुक्रबार सर्वोच्चमा निवेदन दिँदै विशेष अदालतको आदेश बदर गरी प्रतिवादीहरूलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेको हो ।

धेरै पढिएको