काठमाडौँ । नागरिक अगुवा, लेखक एवं राजनीतिक विश्लेषक युग पाठक नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।
शनिवार नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास पुगेर पाठक पार्टी प्रवेश गरेका हुन् । पाठकलाई सह–संयोजक माधवकुमार नेपाललगायतका नेताले खादा मालासहित पार्टीमा भित्र्याएका छन् ।
पाठकलाई भित्र्याउँदा नेकपाका अन्य नेताहरू वेदुराम भुसाल,पम्फा भुसाल, प्रमेश हमाल, रञ्जिता श्रेष्ठ लगायत उपस्थित थिए ।
पाठक अघिल्लो निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध झापा क्षेत्र नम्बर ५ बाट चुनाव लडेका थिए । उनले ३५६ भोट पाएका थिए । ओलीले ५२ हजार ३१९ मत पाएर जितेका थिए ।