१३ माघ २०८२, मंगलवार
Follow Us

अभिनेता अर्पण भन्छन्– ‘द ब्लू लाइट’जस्ता चलचित्र हम्मेसी बन्दैनन्

नेपालब्रिटेन संवाददाता
१३ माघ २०८२, मंगलवार १५:५३

काठमाडौँ । कलाकार अपर्ण थापाले चलचित्र ‘द ब्लू लाइट’ जस्तो सिनेमा कमै मात्रै बन्ने बताएका छन् । अपर्ण ‘द ब्लू लाइट’ जस्ता चलचित्र बनाउन बलिराम चौहानजस्ता निर्देशक नै चाहिने बताउँछन् ।

‘द ब्लू लाइट जस्तो चलचित्र हम्मेसी बन्दैन । यस्तो चलचित्र बन्न बलिराम चौहान जस्ता निर्देशक नै चाहिन्छ,’ ‘द ब्लू लाइट’को शुभमुहूर्तमा अर्पणले भनेका थिए, ‘सिनेमा त धेरै बन्छन्, तर यस्तो चलचित्र घरीघरी बन्दैन, निर्देशक पनि त्यस्तै चाहिन्छ ।’

चलचित्रका केही सिन र त्यसको प्रस्तुतिको उनले तारिफ गरेका हुन् । ‘चलचित्र हेरेपछि दर्शकले धेरै कुरा थाहा पाउनुहुन्छ, अर्पण भन्छन् । अर्पण आफैँ निर्देशक र लेखक पनि हुन् । अर्पण भर्सटाइल अभिनेता हुन् ।

ट्रेलरमा चलचित्रका अधिकांश कलाकारलाई देख्न सकिन्छ । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’मा बेनिशा हमाल, अर्पण थापा, आयुशमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।

माघ १६ गते रिलिज हुने चलचित्रलाई बलिराम चौहानले निर्देशन गरेका छन् । स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् ।

नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा आकाश उखेडा मख्य सहायक निर्देशक छन् । रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक हुन् ।

धेरै पढिएको