१६ माघ २०८२, शुक्रबार
Follow Us

काँग्रेस जिम्मेवार नेतृत्वका रूपमा अघि बढेको गगन थापाको दाबी

नेपालब्रिटेन संवाददाता
१६ माघ २०८२, शुक्रबार १२:२५

काठमाडौं । कांग्रेस सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग आफू निरन्तर संवादमा रहेको बताएका छन् । आज (शुक्रबार) धनुषा–४ मा कांग्रेसका उम्मेदवार महेन्द्र यादवको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन ।

सभापति थापाले अहिले नेताहरूबीच मतभेद नभएको भन्दै पार्टी एक ढिक्का भएर निर्वाचनमा होमिएको बताएका छन् । सभापति थापाले भने, ‘भर्खरै कांग्रेसको अधिवेशन गरेर नयाँ नेतृत्व आएका छौं ।

पार्टीभित्र कसैमाथि दोष र रिसराग छैन । म पार्टीका निवर्तमान सभापति, आदरणीय शेरबहादुर देउवासँग निरन्तर संवादमा छु, पार्टीका अरु नेताहरूसँग पनि संवादमा छु, ‘हामीबीच केही कुरामा मतभेद हुन्छ, तर अन्तिममा एक ढिक्का हुन्छौँ । अहिले एक ढिक्का छौँ ।’

उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलन देश चलाउने कार्यशैलीविरुद्ध भएको उल्लेख गर्दै अहिले कांग्रेस बद्लियर आएको पनि बताएका छन् । सभापति थापाले भने, ‘फागुन २१ को निर्वाचन योजनावद्ध होइन अकस्मात हो । फागुन २३ र २४ को घटना पनि अकस्मात हो ।

देश चलाउने पद्दति परिवर्तन गर्नुपर्छ भनेर उक्त आन्दोलन भएको थियो,’ उनले भने, ‘यसपछि अरु पार्टी बदलिए, बलिएनन् थाहा भएन हामी बदलिएर, सोँच बदलेर आएका छौँ ।’ आजको दिनमा नयाँ भनेको माघमा अधिवेशन गरेर आएको नेपाली कांग्रेस हो ।

धेरै पढिएको