काठमाडौं । मादक पदार्थ सेवन गरी श्रीमती हत्या गरेर श्रीमान् आफैं प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका छन् ।
ललितपुरको गोदावरी नगरपालिका– ७, देवीचौरमा बसोबास गर्ने ३० वर्षीय विनोद पाख्रिनले २३ वर्षीया पत्नी कोपिला पाख्रिनको हत्या गरेका हुन् ।
पतिपत्नीले सँगै बसेर मादक पदार्थ सेवन गरेको बेलामा विवाद भएको र पतिले पत्नीमाथि विभिन्न किसिमका धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरी वृत्त, चापागाउँकी डीएसपी शीला चापागाईंले जानकारी दिए ।
पत्नीको हत्यापछि विनोद आफैँ टीकाभैरवस्थित प्रहरी प्रभागमा उपस्थित भएको चापागाईंले बताए ।
प्रहरीका अनुसार अत्यधिक मादक पदार्थ सेवन गरेकै कारण घरमा सम्बन्ध बिग्रिएपछि पतिपत्नी डेरा गरेर बस्ने गरेको उनले बताए । उनीहरूको २ वर्षकी छोरी छन् ।