२१ माघ २०८२, बुधबार
Follow Us

दुलाल बने कांग्रेस मुख्यालयको कार्यवाहक मुख्य सचिव

नेपालब्रिटेन संवाददाता
२१ माघ २०८२, बुधबार १३:०५

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई कार्यवाहक मुख्य सचिवको जिम्मेवारी तोकेको छ ।

पार्टी सभापति गगनकुमार थापाले आज उनलाई पार्टीको विधानबमोजिम अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि कावा मुख्य सचिवको जिम्मेवारी तोकिएको हो ।

साथै सभापति थापाले कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही माघ ८ गते दिएको राजीनामा स्वीकृत गरेको अर्का सचिव प्रकाश शर्माले जानकारी दिए ।

धेरै पढिएको