२५ माघ २०८२, आईतवार
Follow Us

काँग्रेसद्वारा केन्द्रीय अनुशासन समिति गठन

नेपालब्रिटेन संवाददाता
२५ माघ २०८२, आईतवार १५:५०

काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय अनुशासन समिति गठन गरेको छ।

सभापति गगन थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा अनुशासन समिति गठन गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

काँग्रेसले विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) बमोजिम ३ सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गरेको हो। जसको सदस्यहरूमा केन्द्रीय सदस्य धना खतिवडा र केन्द्रीय सदस्य सुवासकुमार पोखरेल छन्।

धेरै पढिएको