वासुदेव न्यौपाने ।
नेपाल अहिले फेरि एक निर्णायक चुनावको संहारमा उभिएको छ, २०८२ फागुन २१ मा हने प्रतिनिधिसभा निर्वानले संसद् विघठन पछि अन्तरिम सरकार गठन भएसँगै देश नयाँ राजनीतिक मोडमा प्रवेश गरेको छ र यो चुनावलाई परिवर्तनको निर्णायक अवसरको रुपमा हेरिएको छ ।
जेन–जी विद्रोहलाई नयाँ पार्टीहरुले उठाएको अवसरले वैकल्पिक राजनीतिलाई एउटा नयाँ मोडमा पु-याउन सक्ने सम्भावनाका साथै युवा र वैकल्पिक राजनीति खोज्ले मतदाताले नयाँ दलतर्फ झुकाव देखाइरहेका छन् । साथै पुराना दलको विकास नीति, पारदर्शिता र नेतृत्वशैलीमाथि प्रश्न उठाउन थालेका छन् ।
यसै सन्दर्भमा गुल्मी – १ अहिले राष्ट्रिय ध्यानको केन्द्र बनेको छ, जहाँ स्थापित पुराना राजनीतिक प्रतिद्वन्द्वी चन्द्र भण्डारी (नेपाली काँग्रेस) प्रदिप ज्ञावली (नेकपा एमाले) शुदशृन वराल (तत्कालिन माओवादी) फेरि प्रतिस्पर्धामा छन् भने मैदानमा नयाँ अनुहार शसक्त युवा नेता सागर ढकाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन् ।
यी नयाँ उम्मेदवारहरुको प्रवेशले परम्परागत काँग्रेस–एमालेको प्रतिस्पर्धालाई तोडेर चुनावलाई चार पक्षीय प्रतिस्पर्धामा रुपान्तरण गरको छ । यो चुनाव केवल जित हारको प्रश्न होइन्, यो नेपाली राजनीतिमा पुराना दलहरुको भविष्य, नयाँ शक्तिको उदय साथै जनताको नेतृत्व परिवर्तनको चाहनाका कारण कसले जित्छ भन्ने परिक्षा पनि हो । यस गुल्मी–१ को नतिजाले देशको व्यापक राजनीतिक प्रवृत्तिलाई संकेत गर्ने अपेक्षा गरिएको छ ।
विश्वका धेरै देशहरुले यसमयअनुसार नेतृत्वको शैली परितर्वन गरेका छन् । उदाहरका लागि क्यानडा, बेलायतमा युवा नेतृत्वको उदयले राजनीति अधिक समावेशी र भविष्य उन्मुख बनाएको छ । फिनल्याण्डले युवा नेतृत्वमार्फत नीतिगत नवप्रवर्तनलाई प्रोत्साहन गरको देखिन्छ ।
न्यूजिल्याण्डमा नयाँ पुस्ताको नेतृत्वले नागरिक केन्द्रित शासनलाई प्राथमिकता दिएको अनुभव छ । यसको अर्थ पुरानो अस्वीकार गर्नु भने पक्कै होइन । परिवर्तनको अर्थ नयाँ उर्जा समावेश गर्नु हो । यसले गर्दा आन्तरिक लोकतन्त्र बलियो बनाउँछ, नयाँ सोचले स्थान पाउँछ । यसले गर्दा पुराना दलहरुले युवाहरुलाई नेतृत्वमा ल्याउनुपर्छ । यदि दलभित्र युवा नेतृत्व विकास भयो भने राजनीति स्थिर पनि हुन्छ, र देशको भविष्य उन्मुख हुन्छ ।
गुल्मी–१ को प्रतिस्पर्धा व्यापक वहसको विषय बनिरहेको छ । यो व्यक्तिहरुबीचको प्रतिस्पर्धा मात्र होइन नेतृत्वको स्वरुप र राजनीतिक संस्कृतिको भविष्यको संकेत पनि हो । गल्मीका तिनै नेताको योगदान अस्वीकार गर्न सकिदैन उनिहरुले आफ्नो समय र क्षमताले राजनीति स्थायित्वमा भूमिका खेलेका छन् । तर अजाको चुनौती स्थायित्व कायम राख्नु मात्र होइन भविष्य निर्माण गर्नु पनि हो । भविष्य निर्माणका लागि आवश्यक छ, नेतृत्वको विस्तार गर्नु ।
नेपालको समाज अव पहिले जस्तो छैन, शिक्षित युवा संख्या बढेको छ । वैदेशिक रोजगारी र अन्तर्राष्ट्रिय (Exposure) ले सोच परिवर्तन गरेको छ । डिजिटल युगले नागरिकलाई सूचित र सचेत बनाएको छ । आजका युवा केवल राजनीतिक नारा सुन्न चाहदैन परिणाम चाहन्छ, पारदर्शिता चाहन्छ अवसर चाहन्छ । त्यसैले पुराना दलहरुका लागि अहिलेको अवस्थामा चुनौती मात्रै होइन अवसर पनि हो ।
यति उनिहरुले युवाहरुलाई नेतृत्व तहमा ल्याउन, आन्तरिक लोकतन्त्र सुदृढ गर्ने र नीति निर्माणमा नयाँ पुस्तालाई सहभागी गराउने साहसिक कदम चाल्न सके भने परिवर्तनको माग दलभित्रै समाहित हुन सकछ । अन्यथा वैकल्पिक राजनीतिकि विकल्पको खोज बढ्नु स्वभाविक हुनेछ । नेपाललाई अहिले नेतृत्व हस्तान्तरण होइन, नेतृत्व विस्तार आवश्यक छ ।
जहाँ अनुभवी नेतृत्व मार्गदर्शक बन्ने छ र युवा नेतृत्व कार्यान्वयन कर्ता । परिवर्तनको अर्थ पुरानालाई विस्थावित गर्नु होइन, नयाँ सोचलाई जिम्मेवारी दिनु हो । यही सन्तुलनले मात्र नेपालको लोकतान्त्रलाई स्थायित्व र नवप्रर्वतन दुवै प्रदान गर्न सक्छ ।