५ फाल्गुन २०८२, मंगलवार
Follow Us

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

नेपालब्रिटेन संवाददाता
५ फाल्गुन २०८२, मंगलवार १४:४४

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ ।

अफवाह फैलाएर सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाण्डूले प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रसाईं सोमबार राति भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए । भक्तपुरबाट पक्राउ गरी प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ । प्रसाईंले निर्वाचनसम्बन्धी अफवाह फैलाएको आरोप छ ।

धेरै पढिएको