१४ फाल्गुन २०८२, बिहीबार
Follow Us

४८ राहदानीसहित विदेश जान लागेकी महिला विमानस्थलबाट प्रहरी नियन्त्रणमा

नेपालब्रिटेन संवाददाता
१४ फाल्गुन २०८२, बिहीबार १३:५६

काठमाडौँ । विभिन्न व्यक्तिका राहदानी ठूलो संख्यामा बोकेर भारत जान लागेकी एक महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-१ बस्ने ४५ वर्षीया तारा चन्द चौधरी रहेको प्रहरीले जनाएको छ। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय ले जाँचका क्रममा नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनी भुटान एयरलाइन्स को बी३-७७३ नम्बर उडानमार्फत दिल्ली प्रस्थान गर्ने तयारीमा थिइन्। सो क्रममा उनको झोलाबाट ४८ थान राहदानी बरामद भएपछि अनुसन्धानका लागि पक्राउ गरिएको बताइएको छ।

घटनाबारे थप अनुसन्धानका लागि उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

धेरै पढिएको