१४ फाल्गुन २०८२, बिहीबार
Follow Us

बीबीसीको जेनजी आन्दोलनसम्बन्धी रिपोर्ट हटाउन निर्वाचन आयोगले लेख्यो पत्र

नेपालब्रिटेन संवाददाता
१४ फाल्गुन २०८२, बिहीबार १४:१२

काठमाडौं । निर्वाचन आयोगले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसम्बन्धी बीबीसीको डकुमेन्ट्री रिपोर्ट हटाउन आग्रह गर्दै प्रेस काउन्सिल नेपाललाई पत्र लेखेको छ ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीबार काउन्सिललाई पत्र पठाइएको जानकारी दिए । ‘बीबीसीको रिपोर्ट हटाउन भन्दै आयोगले पत्र पठाएको हो,’ उनले भने ।

बीबीसी वर्ल्ड सर्भिस र नेपाली सेवाले अंग्रेजी र नेपाली भाषामा दुई भिडियो रिपोर्ट सार्वजनिक गरेका छन् । उक्त रिपोर्टमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटनाक्रम समेटिएका छन् । रिपोर्टमा आन्दोलनका क्रममा गोली चलाउन तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले आदेश दिएको दाबी गरिएको छ ।

धेरै पढिएको