२२ फाल्गुन २०८२, शुक्रबार
Follow Us

रास्वपाको पक्षमा उत्साहजनक परिणाम, ३९ स्थानमा अग्रता, एमाले ४, कांग्रेस ३ मा अघि

नेपालब्रिटेन संवाददाता
२२ फाल्गुन २०८२, शुक्रबार ०२:१७

प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ, जसमा ३९ स्थानमा रास्वपाका उम्मेदवारले अग्रता लिएका छन् भने नेपाली कांग्रेसले ३ र नेकपा एमालेले ४ स्थानमा अग्रता बनाएका छन्।
झापा ५ मा रास्वपाका बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पछि पार्दै अग्रता लिएका छन्।
काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ ।

निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त जानकारीअनुसार शुक्रबार बिहान साढे ७ बजेसम्म हालसम्म देशका ३८ वटा निर्वाचन क्षेत्रको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । तीमध्ये ३३ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवारहरूले सुरुवाती अग्रता बनाएका छन् ।

नेपाली कांग्रेस ३ र नेकपा एमालेका उम्मेदवारले २ स्थानमा अग्रता लिएका छन् । काठमाडौँ उपत्यकाका अधिकांश क्षेत्रमा रास्वपा उम्मेदवारले अग्रता लिएका छन् ।

झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपा वरिष्ठ नेता बालेन शाहले भारी मतले पछाडि पारेका छन् । शाहले १४७६ मत ल्याउँदा ओलीले ३८४ मत मात्र पाएका छन् ।

अन्य धेरै निर्वाचन क्षेत्रमा भने मतपेटिका संकलन तथा सर्वदलीय बैठकपछि मात्रै मतगणना सुरु हुने निर्वाचन कार्यालयहरूले जनाएका छन् । मतगणना जारी रहेकाले प्रारम्भिक परिणाममा थप परिवर्तन हुन सक्ने सम्भावना छ ।

धेरै पढिएको