काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ। आगामी शनिबारदेखि सुरु हुने संघको १२औँ महाधिवेशनअन्तर्गत हुने निर्वाचनका लागि सोमबार अन्तिम नामावली सार्वजनिक गरिएको निर्वाचन प्रमुख आयुक्त तेजबहादुर कार्कीले जानकारी दिए।
यसअघि संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठले सबै पक्षलाई समेटेर एकीकृत मतदाता नामावली निर्वाचन समितिलाई पठाएका थिए।
निर्वाचन समितिले आजैदेखि मनोनयन दर्ता प्रक्रिया पनि अघि बढाएको छ।
संघको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा ४ हजारभन्दा बढी प्रतिनिधि चयन भएका छन्। उनीहरूले हाइब्रिड (भौतिक तथा अनलाइन) माध्यमबाट आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन्।
संघको अध्यक्ष पदका लागि डा. हेमराज शर्मा र रोविन शेरचनले आ–आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। तर बृहत् एकता महाधिवेशनको सन्देश दिन सर्वसम्मत कार्यसमिति गठन गर्नुपर्ने माग पनि बढ्दै गएको बताइएको छ।
More Deatils : https://nrna.org/page/election-notice-2026-267
