२५ बैशाख २०८३, शुक्रबार
Follow Us

ग्यास अभाव व्यवस्थापन गर्न आधा सिलिन्डर बिक्रीको तयारी

नेपालब्रिटेन संवाददाता
२८ फाल्गुन २०८२, बिहीबार १३:४६

काठमाडौँ । बजारमा खाना पकाउने ग्यासको अभाव चर्किँदै गएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने तयारी गरेको छ । भारतबाट मागअनुसार ग्यास आयात भइरहे पनि बजारमा कृत्रिम अभाव देखिन थालेपछि सरकारले ७.१ केजी ग्यास भरेको आधा सिलिन्डर बिक्री गर्ने योजना अघि बढाएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालय स्रोतका अनुशार ग्यास अभाव व्यवस्थापनका लागि आधा सिलिन्डर बिक्री गर्ने निर्णय भएको र सम्भवत भोली देखि लागू हुने जानकारी दिएका छन् । खपत अनुशार सामान्य अनुपातमै ग्यास आयात भइरहेको भएपनि बजारमा अभाव बढ्दै गएको देखिएकाले समस्या समाधानका लागि आधा सिलिन्डरको व्यवस्था गर्ने निर्णय भएको हो ।

नेपाल आयल निगमको सञ्चालक समितिको बैठकबाट औपचारिक निर्णय हुने जनाइएको छ ।

यसैबीच मन्त्रालयको उच्च स्रोतका अनुसार बजारमा ग्यास अभाव हुने हल्ला फैलिएपछि धेरै उपभोक्ताले आवश्यकता भन्दा बढी सिलिन्डर भण्डारण गरेका कारण अभावको अवस्था देखिएको हो । स्रोतले प्रशासनलाई भन्यो, “ग्यास अभाव हुने हल्लाका बीच धेरै व्यक्तिहरूले आवश्यकताभन्दा बढी सिलिन्डर भण्डारण गरेका कारण बजारमा अभाव देखिएको छ । त्यसलाई सहज बनाउन अस्थायी रूपमा आधा ग्यास मात्रै वितरण गर्ने व्यवस्था गर्न लागिएको हो ।”

स्रोतका अनुसार कतिपय व्यक्तिहरूले हल्लाको भरमा दर्जनौँ सिलिन्डरसम्म भण्डारण गरेको सूचना समेत प्राप्त भएको छ । “हल्लै हल्लामा कतिपय व्यक्तिहरूले दर्जनौँ सिलिन्डर भण्डारण गरेको सूचना पाएका छौँ,” स्रोतले भन्यो, “अब अनुगमनलाई पनि कडाइ गरिन्छ र बजार सहज बनाउन तत्कालका लागि आधा सिलिन्डर मात्रै ग्यास वितरण सुरु गर्ने तयारी छ ।”

हाल देशभर करिब १ करोड ५० लाख ग्यास सिलिन्डर प्रयोगमा छन् । हाल १४.२ केजी क्षमताको सिलिन्डर बिक्री हुँदै आएकोमा नयाँ निर्णय भएमा ७.१ केजी ग्यास भरेर बजारमा पठाइनेछ ।

धेरै पढिएको