काठमाडौं । सर्वोच्च अदालतले धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयमाथि तत्कालका लागि हस्तक्षेप गर्न नपर्ने आदेश दिएको छ ।
आयोगको निर्णय खारेज गरी आफ्नो उम्मेदवारी कायम राख्न माग गर्दै साहले अन्तरिम आदेशको मागसहित सर्वोच्च अदालतमा निवेदन दिएका थिए । तर न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको इजलासले साहको पक्षमा अन्तरिम आदेश जारी गर्न आवश्यक नदेखिएको आदेश दिएको हो ।
यो आदेशसँगै हालका लागि निर्वाचन आयोगले गरेको उम्मेदवारी खारेज गर्ने निर्णय यथावत रहने भएको छ । यससँगै धनुषा क्षेत्र नम्बर १ मा मातृका यादव निर्वाचित भएको भनी निर्वाचन अधिकृतको कार्यालयले गरेको निर्णय सदर हुने भएको छ ।