१ चैत्र २०८२, आईतवार
Follow Us

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव श्रेष्ठ मनोनीत

नेपालब्रिटेन संवाददाता
१ चैत्र २०८२, आईतवार १५:०८

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आफ्ना प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई मनोनीत गरेकी छन् ।

कोषको संरक्षकको हैसियतले प्रधानमन्त्री कार्कीले श्रेष्ठलाई पाँच वर्षका लागि उक्त पदमा मनोनीत गरेको जानकारी प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले दिएका छन् ।

यसअघि कोषका अध्यक्ष ऐनबहादुर शाहीले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो । श्रेष्ठ यसअघि प्रधानमन्त्री सचिवालयमा आफ्नी पत्नी संगीता श्रेष्ठलाई नियुक्ति गरेको विषयलाई लिएर विवादमा परेका थिए । उक्त विवादपछि उनलाई प्रधानमन्त्री सचिवालयबाट हटाइएको थियो ।

धेरै पढिएको