१३ चैत्र २०८२, शुक्रबार
Follow Us

बालेनलाई बेलायतको बधाई

नेपालब्रिटेन संवाददाता
१३ चैत्र २०८२, शुक्रबार ११:५९

आर्थिक वृद्धि र युवा रोजगारीमा सघाउने

काठमाडौं । बेलायतले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा शुभकामना दिएको छ ।

नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा काठमाडौंस्थित बेलायती दूतावासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहलाई शुक्रबार सामाजिक सञ्जाल मार्फत बधाई दिएको हो ।

“हामी बालेन्द्र शाहलाई प्रधानमन्त्रीको रूपमा शपथग्रहण गर्नुभएकोमा बधाई दिन्छौं,” बेलायती दूतावासले भनेको छ, “बेलायतको नेपालसँगको मित्रता आधुनिक साझेदारीमा परिणत हुँदैछ, जुन समयको आवश्यकताहरूमा केन्द्रित छ । आर्थिक वृद्धि, युवा रोजगारी, र जलवायु उत्थानशीलता ।”

नयाँ सरकारले आफ्नो प्राथमिकताहरू निर्धारण गर्दै जाँदा सहकार्य गर्न बेलायत तत्पर रहेको दूतावासले जनाएको छ ।

धेरै पढिएको