२० चैत्र २०८२, शुक्रबार
Follow Us

बालेन मन्त्रिपरिषद्ले आज के निर्णय गर्दैछ ?

नेपालब्रिटेन संवाददाता
१६ चैत्र २०८२, सोमबार ०३:४२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रीपरिषद्को बैठक बोलाएका छन् । उनले दिउँसो अपराह्न बस्ने गरी बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।

सचिवालयमा दक्ष र नतिजामुखी कर्मचारी
युवा नेतृत्वको वर्चस्व रहेको वर्तमान सरकारसँगै मन्त्रीको सचिवालयमा कस्ता कर्मचारी आउने भन्ने विषय प्रशासनिक वृत्तमा चासोको केन्द्र बनेको छ । नयाँ नेतृत्वको ‘स्प्रिट’ र भिजन कार्यान्वयन गर्न सक्ने, नतिजामुखी र व्यावसायिक क्षमता भएका कर्मचारीलाई निजी सचिवालयको प्राथमिकतामा राख्ने तयारी भइरहेको संकेत देखिएको छ ।

निर्वाचनमा परम्परागत दलहरूलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हासिल गरेको मतपरिणामपछि बनेको सरकार प्रारम्भदेखि नै लोकप्रिय निर्णय र तीव्र कार्यशैलीका कारण चर्चामा छ । यही पृष्ठभूमिमा सचिवालयको संरचना र त्यहाँ रहने जनशक्तिको प्रोफाइललाई समेत नयाँ ढंगले परिभाषित गर्ने प्रयास भइरहेको बुझिन्छ ।

धेरै पढिएको