बेलायत । मे ७ मा सम्पन्न बेलायतको स्थानीय निर्वाचनमार्फत लण्डन बरो अफ बार्नेट मा कन्जरभेटिभ पार्टी बाट लक्षबहादुर गुरुङ पुनः काउन्सिलर पदमा निर्वाचित भएका छन्। यससँगै उनले स्थानीय तहको राजनीतिमा आफ्नो प्रभाव र लोकप्रियता फेरि एकपटक स्थापित गरेका छन्।
यसअघि गुरुङले सोही बरोको उपमेयरको जिम्मेवारी पनि सफलतापूर्वक सम्हालिसकेका छन्। उपमेयरको रूपमा कार्य गर्दा उनले बहुसांस्कृतिक समुदायबीच सहकार्य, सामाजिक समावेशिता र स्थानीय सेवा विस्तारमा महत्वपूर्ण योगदान पुर्याएका थिए।
लामो समयदेखि बेलायतको स्थानीय राजनीतिमा सक्रिय गुरुङ नेपाली समुदायका विश्वासिला प्रतिनिधि मानिन्छन्।
गुरुङ गैरआवासीय नेपाली संघ (एनआरएनए) को अभियानमा विगत दुई दशकदेखि सक्रिय रहँदै आएका छन्। एनआरएनए मार्फत उनले विश्वभर रहेका नेपालीहरूबीच एकता सुदृढ गर्ने, लगानी प्रोत्साहन गर्ने तथा नेपालसँग सम्बन्ध सुदृढ पार्ने काममा योगदान दिएका छन्।