२७ बैशाख २०८३, आईतवार
Follow Us

आशिका तामाङलाई अनुशासनको कारबाही गर्ने रास्वपाको तयारी

नेपालब्रिटेन संवाददाता
२७ बैशाख २०८३, आईतवार ०६:१६

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ–२ बाट निर्वाचित सांसद आशिका तामाङलाई स्पष्टिकरण सोध्ने भएको छ । पार्टी तथा नेतृत्वबारे सामाजिक सञ्जालमार्फत् प्रश्न गरेको भन्दै उनलाई स्पष्टिकरण सोध्ने तयारी गरिएको हो ।

पछिल्लो समय उनले सांसदहरूका लागि आयोजना गरिएको संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रमबारे प्रशन उठाएकी छन् ।

रास्वपाले ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा शनिबार र आइतबार प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । त्यसप्रति तामाङले आपत्ति जनाएकी छन् । उनले सिंहदरबारमा राख्नु कार्यक्रम बाहिर राखिएको भन्दै त्यसको खर्च व्यवस्थापन कसरी हुन्छ भन्ने प्रश्न गरेकी छन् ।

आफूहरुले नै परिवर्तनको पक्षमा र फजुल खर्च नगर्ने भनेर बोलिरहँदा व्यवहारमा उस्तै हुने हो भने पुराना दल र रास्वपामा के फरक भयो भन्ने प्रश्न उनको छ ।

‘संसदहरूलाई प्रशिक्षण कार्यक्रम या अभिमुखीकरण कार्यक्रम गर्न फाइभ स्टार होटल नै या अरु बाहिर कसैसँग हल सापटी लिएर गर्नुपर्ने कुनै बाध्यता पक्कै होइन होला ? सिंहदरबारमा त्यस्ता सभाहल कति छन् कति, बाहिर किन आखिर ? बाहिर दिनको कति खर्च लाग्छ त्यसको लेखा जोखा कसले गर्ने ? कि सांसदहरूलाई सुरक्षाको लागि महँगा हलहरुमा कार्यक्रम गरिएको हो भने के एक दिन मात्र चाहिने हो सुरक्षा ? अरु दिन चाहिँ पर्दैन ?’,

उनले लेखेकी छन् ‘हामी आफैं परिवर्तनको पक्षमा हिडिरहँदा, फजुल खर्च नगर्ने भनेर बोलिरहँदा व्यवहारमा भने उही भने जस्तो भयो भने पुराना र हामी नयाँमा के फरक भयो त ? स्पष्टिकरण चित्तबुझ्दो नभए उनलाई अनुशासनको कारबाही हुन सक्ने एक नेताले जानकारी दिए ।

धेरै पढिएको