३१ बैशाख २०८३, बिहीबार
Follow Us

स्वस्तिमा, आँचल, नीतिदेखि मिस नेपाल श्रीच्छा सम्म १८ सेलिब्रेटी एउटै र्याम्पमा

नेपालब्रिटेन संवाददाता
३१ बैशाख २०८३, बिहीबार १९:२०

काठमाडौँ । स्वस्तिमा खड्का, आँचल शर्मा, अस्मी श्रेष्ठ, नीति शाह, शिल्पा मास्के, कविता नेपाली, हिमान्चल राज केसी, श्रीच्छा प्रधान, आस्था पोखरेल, सबिता कार्की, इभा गिरी, आना शर्मा, मलिका महत, अदीति अधिकारी, दीपशिखा नेपाल र प्रेमा लमगाडे लगायत नेपाली चलचित्र र मोडलिङ क्षेत्रमा चर्चित १८ सेलिव्रिटीहरू एउटै स्टेजमा देखिने भएका छन् । दरबारमार्गस्थित होटल याक एण्ड यतीमा शुक्रबार साँझ एक भब्य समारोहका साथ आयोजना हुन लागेको ‘आईईसी डिजाइनर रनवे –१५’मा यी सेलिब्रेटीले आकर्षक पहिरन सहित ¥याम्पवाक गर्ने भएका हुन् ।
आईईसी कलेजको आयोजनामा हुन लागेको यस भव्य फेसन शोमा ६६ जना भन्दा बढी डिजाइनरहरूले तयार पारेका १७ वटा विभिन्न आकर्षक फेसन सिक्वेन्सहरू प्रदर्शन हुनेछ । जसका लागि ३० जना व्यवसायीक मोडलहरू ¥याम्पमा प्रस्तुत हुनेछन् ।
भारतका चर्चित कोरियोग्राफर यतिन गान्धी कारियोग्राफी रहने शोको म्यानेजमेन्ट जिम्मेवारी नेक्स्ट मोडल्स नेपालले गरिरहेको छ । ‘आइससी डिजाइनर रनवे –१५’लाई अहिलेसम्मकै राम्रो र उत्कृष्ट फेसनको शोको रुपमा प्रस्तुत गर्ने तयारी भैरहेको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।
नेपाली फेसन जगतलाई नयाँ उचाइ दिने र नेपाली डिजाइनरहरूको कलालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको यस ‘आईईसी डिजाइनर रनवे–१५ ले फेसन प्रेमीहरूको विशेष ध्यान तान्ने अपेक्षा गरिएको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताइन् ।

धेरै पढिएको