९ जेष्ठ २०८३, शनिबार
Follow Us

मलेसियाको श्रम उत्पादकत्वमा ४.८ प्रतिशतको सुधार

नेपालब्रिटेन संवाददाता
९ जेष्ठ २०८३, शनिबार ०४:३५

सन् २०२६ को पहिलो त्रैमासिकमा मलेसियाको श्रम उत्पादकत्व (प्रति घण्टा कामको मूल्य अभिवृद्धि) ४.८ प्रतिशतले वृद्धि भएको छ । बिहीवार सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्क अनुसार मलेसियाको श्रम उत्पादकत्वमा मजबुत सुधार देखिएको हो ।

मलेसियाको तथ्याङ्क विभागले जारी गरेको विज्ञप्ति अनुसार सन् २०२५ को चौथो त्रैमासिकमा ५.८ प्रतिशत रहेको उत्पादकत्व वृद्धिदर सन् २०२६ को पहिलो त्रैमासिकमा ४.८ प्रतिशत कायम भएको छ । यस अवधिमा प्रतिघण्टा मूल्य अभिवृद्धि ४५.५ रिंगिट (११.४७ अमेरिकी डलर) पुगेको छ ।

मलेसियाको अर्थतन्त्र ५.४ प्रतिशतले विस्तार भएको र कुल कार्य घण्टा शून्य दशमलव ५ प्रतिशतले बढेर ९.६ अर्ब पुगेका कारण श्रम उत्पादकत्वमा यो सुधार आएको हो । यसैगरी, रोजगारीका आधारमा मापन गरिने श्रम उत्पादकत्वमा पनि सोही अवधिमा ४.३ प्रतिशतको बढोत्तरी देखिएको छ ।

पहिलो त्रैमासिकमा कुल रोजगारी संख्या १ प्रतिशतले वृद्धि भई १ करोड ६७ लाख (१६.७ मिलियन) पुगेका कारण यो उपलब्धि हासिल भएको विभागले जनाएको छ ।

चुनौतीपूर्ण विश्वव्यापी आर्थिक वातावरणका बाबजुद मलेसियाको सबल आर्थिक कार्यसम्पादन र स्थिर श्रम बजारका कारण मुलुकको श्रम उत्पादकत्व दरमा निरन्तर वृद्धि हुने विभागको अपेक्षा छ ।
– एजेन्सी

धेरै पढिएको