२४ जेष्ठ २०८३, आईतवार
Follow Us

नेपाल एसियन गेम्सको फाइनलमा

नेपालब्रिटेन संवाददाता
२४ जेष्ठ २०८३, आईतवार ०८:११

काठमाडौँ । सिंगापुरमा भइरहेको एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले ओमानमाथि सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ ।

सिंगा ओभल ग्राउन्डमा आइतबार बिहान भएको खेलमा नेपालले ओमानमाथि ८ विकेटको जित हासिल गरेको हो । ओमानले दिएको ९५ रनको लक्ष्य नेपालले दुई विकेटको क्षतिमा ६४ बल बाँकी हुँदै नौ ओभर दुई बलमा पूरा गरेको हो । नेपालका लागि लोकेस बमले सर्वाधिक ४४ रन बनाए । उनले २६ बलको सामना गर्दा ७ चौका र एक छक्काको मद्दतमा नटआउट ४४ रन बनाएका हुन् । रोहित पौडेलले २० बलमा २१ रन बनाउँदा ओपनर कुशल भुर्तेलले २० रन बनाउँदा आशिफ शेख १ रनमा आउट भए ।

टस जितेर सुरुमा ब्याटिङ गरेको ओमानलाई नेपालले १९ ओभर ४ बलमा ९४ रन बनाउँदा अलआउट गरेको थियो ।

ओमानविरुद्ध सुरुदेखि नै कसिलो बलिङ गरेको नेपालका लागि करण केसीले तीन विकेट हात पारे । चार ओभर बलिङ गर्दा एक मेडनसहित २० रन खर्चिएर केसीले तीन विकेट हात पारेका हुन् । समान चार ओभर बलिङ गरेका सन्दीप लामिछानेले १९ रन खर्चिएर दुई विकेट हात पारे भने सोमपाल कामीले चार ओभर बलिङ गर्दा दुई विकेट हात पारे । उनले एक मेडन राख्दै २६ रन खर्चिएर दुई विकेट लिएका हुन् । नेपालले मलेसिया र हङकङ बीचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग फाइनल खेल्नेछ।

धेरै पढिएको

slot gacor