१० असार २०८३, बुधबार
Follow Us

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड

नेपालब्रिटेन संवाददाता
२७ जेष्ठ २०८३, बुधबार १२:३०

काठमाडौँ । कालंगा हाइड्रो लिमिटेडको आइपीओ आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलमा शेयर बाँडफाँड गरिएको हो ।

जसअनुसार २ लाख ८७ हजार आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । कम्पनीको आईपीओमा २८ लाख ६० हजार ७६६ आवेदकले आवेदन दिएका थिए ।

कम्पनीले जेठ ८ गतेदेखि जेठ १३ गतेसम्म आम सर्वसाधारणलाई २८ लाख ७० हजार कित्ता शेयर निष्कासन गरेको थियो । नेपाल धितोपत्र बोर्डले फागुन २५ गते कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।

धेरै पढिएको