१ भाद्र २०८३, सोमबार
Follow Us

दाँतको समस्यापछि ओली शिक्षण अस्पतालमा

नेपालब्रिटेन संवाददाता
२८ जेष्ठ २०८३, बिहीबार १०:५०

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या भएपछि ओली महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेको उनको सचिवालयले जनाएको छ ।

‘अध्यक्षज्यू दाँतको समस्या भएपछि अस्पताल आउनु भएको हो । अहिले उपचार भइरहेको छ,’ ओलीको सचिवालय प्रमुख निरुदेवी पालले भनिन् ।

धेरै पढिएको